भीम रावल पुनः एमालेमा भए सक्रिय, अछाममा गरे कार्यकर्ता भेला

डिसी नेपाल
२ साउन २०८० ११:११

काठमाडौं। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन्। गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन्।

अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन्। उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन्।

चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहँदै आएका छन्। केन्द्रीय सदस्यसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको सपथसमेत लिएका थिएनन्। उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो।

तर, लामो समयदेखि पार्टी गतिबिधिमा असंलग्न रहँदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *