सरकारले ल्याएको मिटरब्याजसम्बन्धी विधेयकप्रति मिटरब्याज पीडितहरुको असन्तुष्टी

डिसी नेपाल
२ साउन २०८० १७:०७

काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका छन् ।

मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उनले साहुमहाजनसंग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए ।

संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *