राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने

डिसी नेपाल
२ साउन २०८० १७:२९

काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *