कालिकोटमा रोपाइँको चटारो (फोटोफिचर)
कालिकोट। मनसुन सुरु भएसँगै मुलुकभर रोपाइँ गरिँदैछ। कतिपय ठाउँमा रोपाइँ सकिएको छ भने कतिपय ठाउँमा धमाधम रोपाइँ गरिँदैछ।
कालिकोट जिल्लाको सेरिचुला गाउँमा भने यतिबेला किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ।

नेपाल कृषि प्रधान देश भएपनि कृषिको आधुनिकीकरण नभएका कारण गाउँघरमा अझै पनि रोपाइँ गर्न गोरुको भर पर्नुपर्ने बाध्यता छ। सेरिचिउला गाउँमा रोपाइँ गर्दै गरेका किसा नारी सार्की भन्छिन्, ‘तराइमा खेत जोत्नका लागि ट्रयाक्टर हुन्छ, यहाँ गोरुको भर पर्नुपर्छ,’ उनले भनिन्।

समयमा पानी नपर्दा अझै पनि कतिपय ठाउँमा रोपाइँ गर्न ढिलाइ भएको छ। कालिकोटको सेरिचुला निकै दुर्गम भेग हो। यहाँ मोटर बाटो पुगेको छैन, त्यसैले त्यहाँ गोरुले रोपाइँ गर्नुको विकल्प छैन। सदरमुकाम मन्माबाट सरिचुरा पुग्न पैदल तीन घण्टा लाग्छ।











No ads found for this position

डिसी नेपाल
Facebook Comment