राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने
काठमाडौं। आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ। संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन्।
भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन्।
भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment