बल प्रयोग गरेर बन्चरेडाँडा लगियो फोहोर (तस्बिरहरू)

डिसी नेपाल
५ साउन २०८० १८:०४

काठमाडौं । केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरेडाँडा लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।

काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *