सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस (फोटोफिचर)

अनिल पोख्रेल
५ साउन २०८० १९:१८

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।

 

सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्र्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरुले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।

 

सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनम सहभागीहरुले सर्वसाधारणलाई कचकच तस्करलाई रजगज, सुन तस्करलाई पक्राउ गर, सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर, ‘सुन तस्करलाई फाँसी दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *