माओवादी केन्द्र: साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा (भिडियोसहित)

डिसी नेपाल
१० साउन २०८० ११:४१
32
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र आगामी साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल भएको हो ।

पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति बैठकको सम्भावित एजेण्डाका बारेमा छलफल भएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। निरन्तर पदाधिकारी बैठक बसेर केन्द्रीय समितिको प्रारम्भीक एजण्डा तय गर्ने उनले बताए।

केन्द्रीय समिति बैठकमा पार्टीको दुई महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा लगाएतमा छलफल गर्ने माओवादीको तयारी छ ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *