प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अवरुद्ध संसद खुलाउनेलगायतका विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई बोलाएपछि ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएको छ।
एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अबरुद्ध संसद खुलाउनेलगायत समयामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment