एमालेले अडानका कारण प्रतिनिधिसभाको बैठक स्थगित

डिसी नेपाल
१५ साउन २०८० १४:३९
212
Shares

काठमाडौं। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ।

बैठक भोलि दिउँसो १ बजे बस्नेगरि स्थगित भएको हो। आज बैठक सुरु गर्नुभन्दा अघि सभामुख देवराज घिमिरले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।

नेकपा एमालेले तस्करीको क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हाे।

सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ। एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ।

एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ। तर, सरकारले भने अहिले अनुसन्धान जारी रहेकोले संसदीय समिति बनाउन नहुने अडान राखेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *