माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै

डिसी नेपाल
१७ साउन २०८० ७:२७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको संख्या अझै बढ्ने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकले नयाँ ३५ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गर्न लागेको छ ।

माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य ३ सय ८५ र वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८ जना रहेका छन् । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन् ।

‘३५ जना केन्द्रीय सदस्य मनोनीत हुन्छ, पार्टीमा ३३ प्रतिशत महिलाको संख्या नभएकाले मनोनीत गरेर सो संख्या पूरा गरिनेछ, साथै यसमा केही पार्टी एकीकरणबाट आएका नेता पनि हुनुहन्छ, अध्यक्ष कमरेड प्रचण्डले यसको अन्तिम टुंगो लगाउनुहुन्छ, यसमा केही घटबढ पनि हुनसक्छ,’ ती पदाधिकारीले राजधानीसँग भने ।

पार्टीको विशेष महाधिवेशन स्थगित गर्दै मंसिरमा गरिने विधान महाधिवेशन’bout समेत केन्द्रीय कमिटीमा छलफल हुनेछ । पार्टीलाई सशक्त एवं बलियो बनाउँदै सांगठनिक रूपमा पार्टीलाई सुदृढ गर्ने अभियानमा माओवादी केन्द्र अगाडि बढेको बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनमा समूहगत छलफल हुने एजेन्डा पदाधिकारी बैठकले तय गरिसकेको छ । सांगठनिक, पछिल्लो राजनीतिक, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी बैठकमा विधान महाधिवेशन, विभिन्न पार्टीसँग एकता भएपछि आएका नेतासहित अन्य नेताको जिम्मेवारी बाँडफाँट, समाजवादी मोर्चा, डा. बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका सँग एकता, संघीय सरकार र प्रदेश सरकारको कामको समीक्षालगायत विषयमा केन्द्रीय कमिटीमा छलफल हुने बताए ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले पार्टी समग्र संगठनदेखि पछिल्लो राजनीतिक अवस्थाका ’boutमा छलफल गर्दै विधान महाधिवेशनमा केन्द्रित हुने बताए । पार्टीको पदाधिकारी एवं स्थायी कमिटी बैठकमा विधान महाधिवेशन गरेर बदलिँदो समय एवं वैज्ञानिक तरिकाको सांगठनिक पार्टी निर्माणका लागि आगाडि बढ्नुपर्ने आवश्यकता रहेको आवाज बैठकमा उठेको शर्माले बताए ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले विधान महाधिवेशन गर्नुपर्ने सुझाव दिएअनुसार नै केन्द्रीय कमिटी बैठकमा आएका थप सुझावका आधारमा निर्णय गरिने उनले बताए । आज (बुधबार)देखि तीन दिनसम्म केन्द्रीय कमिटीको बैठक माओवादी केन्द्रले बोलाएको छ ।

२०७८ साल पुसमा भएको आठौं महाधिवेशनलगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी बैठकमा नेताहरूले विशेष महाधिवेशनभन्दा विधान महाधिवेशन गर्न सुझाव दिएको नेताहरूले बताएका छन् । माओवादीलाई विधि विधानमा चलाउन विधान महाधिवेशन गर्न नेताहरूले सुझाव दिएपछि विशेष महाधिवेशन रोकिएको हो । यद्यपि, विधान महाधिवेशनपश्चात पार्टीको विशेष महाधिवेशनसमेत गरिने सचिव शर्माले बताए ।

अहिले पार्टी माओवादी जनयुद्धकालीन कै सांगठनिक संरचना र परम्परागत शैलीमा चलिरहेको बताउँदै शर्माले बदलिँदो समय एवं आवश्यकतानुसार पार्टीलाई अगाडि बढाउनका लागि विधान महाधिवेशन गर्न आवश्यक रहेको आवाज बैठकमा उठेको बताए ।

‘पार्टीको विधान सम्मेलन गरेर अहिलेको सांगाठनिक स्वरूप र संरचनालाई व्यवस्थित गर्नुपर्छ भन्ने सुझाव आएका छन्, पार्टी केन्द्रदेखि वडासम्म संख्या तलमाथि भइरहने, जनवर्गीय संगठनको अवस्था पनि त्यसभन्दा फरक हुन सकेन, बाहिरबाट एकतामा आएकालाई यत्तिकै थपिहाल्दा पार्टी र संगठन समग्र रूपमा भद्रगोल भयो,’ शर्माले भने, ‘अबदेखि बलियो विधान बनाएर लागू गर्ने र अर्को महाधिवेशन नआउँदासम्म संशोधन गर्न गर्न नपाउने व्यवस्था गर्न खोजिएको छ ।’

माओवादी विधि र विधानमा चल्ने पार्टी हो भन्ने स्थापित गर्नसमेत नेताहरूले विधान सम्मेलनलाई एजेन्डाका रूपमा प्रवेश गराउन थालेका हुन् ।

विधान महाधिवेशनमा पार्टीको विधान, विचार, कार्यक्रम, नेतृत्वलगायत समग्र विषयमा छलफल हुने शर्माले बताए । जनयुद्धकालीन नेतृत्व, विचार, संगठन चल्न नसक्ने भएपछि समय सापेक्षतामा पार्टीलाई रूपान्तरण गर्न विधान महाधिवेशन आवश्यक रहेको बताइएको छ ।

विधान महाधिवेशन सकेर पार्टी नेताहरूबाट आएको सुझावअनुसार पार्टी विशेष महाधिवेशनसमेत गर्नसक्ने शर्माले बताए । पार्टीको विधान बलियो बनाउने र आगामी महाधिवेशनबाट सोहीअनुसार संगठनको नेतृत्व चयनदेखि पार्टी सञ्चालन गर्न विधान’bout गम्भीर छलफल हुनुपर्ने आवाज बैठकमा नेताहरूले राखेको शर्माले प्रस्ट पारे ।

केन्द्रीय कमिटी बैठकमा ७ सय ५८ जना सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।

काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुनेछन् ।

उपाध्यायका अनुसार केन्द्रीय सदस्य ३ सय ८५, वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट सय जना सहभागी हुनेछन् ।

माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग रहेको छ । सातवटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैरभौगोलिक प्रदेश कमिटीसमेत रहेका छन् ।

यसैगरी, पदाधिकारी बैठकले अब बस्ने केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयसमेत गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डको केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई पदाधिकारी बैठकले सर्वसम्मत पारित गरेको हो । पछिल्लोपटक एक साताअघि कांग्रेसले आफ्नो केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गरेको थियो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *