माइतीबाट घर पुगेकी महिलाको शव फेला

डिसी नेपाल
१७ साउन २०८० १७:५४
508
Shares

धनगढी । माइतीबाट घर पुग्ने वित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।

दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४र५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। संजीता घर पुग्ने वित्तीकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ।

संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। ‘झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ’, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने। संजीताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादवसँग भेटिएको उनले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *