प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

डिसी नेपाल
१८ साउन २०८० १९:१२
324
Shares

काठमाडौं। संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको उनले बताए।

बैठकले महालेखा परिक्षक , निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लीम आयोगको सदस्य नियुक्तिका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिए।

उक्त निकायमा नियुक्तीका लागि इच्छुकहरुबाट आवदेन लिनका लागि १५ दिनको सूचना प्रकाशित गरिने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *