धरानको पिउने पानीमा ‘कोलिफर्म’ पुष्टि, मेयर साम्पाङ भन्छन्– हाम्रो पानी परीक्षण गर्ने अनुमति कस्ले दियो ?
धरान । धरानमा नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिशाजन्य ब्याक्टेरिया कोलिफर्म भेटिएको छ । धरानमा फोहोर पानीको कारण डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखापरेको जनगुनासो बढेपछि गरिएको परीक्षणबाट फिकल कोलिफर्म मिसिएको पुष्टि भएको हो।
विभिन्न ७ ठाउँबाट संकलन गरिएको पिउने पानीको नमुना नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोगशालामा परीक्षण कोलिफर्म पुष्टि भएको हो । पिउने पानीमा कोलिफर्म मिसिएको पुष्टि भएपछि रास्वपाले बिहीबार मेयर हर्क साम्पाङलाई रिपोर्टसहित ध्यानाकर्षण पत्र बुझाएको छ। तर मेयर साम्पाङले भने उक्त कुरा नकार्दै राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।

उनले खानेपानीमा कोलिफर्म भेटिएको कुरालाई हावा भन्दै राजनीतिक फण्डा मात्रै भएको बताएका छन् । यस्तै मेयर साम्पाङले परीक्षण गरिएको पानी धरानकै भन्ने प्रमाण के छ ? भनेर प्रश्न पनि गरेका छन् । उनले लेखेका छन्, ‘त्यो परीक्षण गरिएको पानी हाम्रो खानेपानी कै थियो भन्ने प्रमाण के छ ? ऐरे गैरे नत्थु खैरेले जाँ पायो त्यहीँको पानी परीक्षण गरेर दोष्ने ? कस्ले दियो हाम्रो पानी परीक्षण गर्ने अनुमति ? हाम्ले गराएको परीक्षण मात्रै आधिकारिक हो है !’








डिसी नेपाल







Facebook Comment