जनमत पार्टीको सरकारलाई समर्थन यथावत, सहभागी हुने तयारी

डिसी नेपाल
१९ साउन २०८० १२:४२
192
Shares

काठमाडौं। सरकारबाट बाहिरिएको जनमत पार्टीले सरकारलाई दिएको समर्थन यथावत राखेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले बताए।

सरकारमा सहभागी हुने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ । यसअघि कृषि या उद्योग मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय दिइएकामा असन्तुष्ट हुँदै सरकारबाट बाहिरिएको हो। पार्टीबाट केही समय अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई रोजेको मन्त्रालय दिन लचक रहेको बालुवाटार स्रोतले जनाएको छ । पहिले दाबी गरकै मन्त्रालय पाएमा सरकारमा सहभागी हुन जनमत तयार रहेको पार्टीका एक पदाधिकारीले बताए ।

प्रधानमन्त्री दाहालले अन्य दलको मन्त्रालय कटौती गरेरै भएपनि जनमतलाई सरकारमा ल्याउने मनशाय रहेका छन् । उनले यस विषयमा अध्यक्ष सिके राउतसँग छलफल समेत गरेको स्रोतले जनाएको छ ।

जनमतको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टीले आज स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *