सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताएका छन् ।
शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराध जस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताएका हुन् ।
उनले अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानविनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने बताए । अनुसन्धानको प्रक्रियामा जोसुकै आएपनि अगाडी बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आएपनि अनुसन्धान अघि बढाइने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण दोषी कोहिलाई पनि नछाड्ने र निर्दोष कोहिपनि नपरुन भन्नेमा सचेत रहेको उल्लेख गरे ।







डिसी नेपाल







Facebook Comment