भोट दिनेबेला माअोवादीलाई दिनुभएन, अहिले अधिकार खोजेर कहाँ पाइन्छ : मन्त्री मोदी
ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघर्षबिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् ।
विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषदले आयोजना गरेको परिवर्तनको सम्वाहकको रुपमा आत्मनिर्णयको लागि आदिवासी युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘अधिकार प्राप्त गर्ने भन्ने विषय सामान्य होइन, भाषण गर्दैमा अधिकार प्राप्त हुँदैन ।’ उनले भने, ‘अधिकार प्राप्तिका लागि हरेक खालको संघर्षमा जान जरुरी छ ।’
मन्त्री मोदीले संघर्षका विभिन्न स्वरुप हुने समेत प्रष्ट पारे । ‘संघर्षका विभिन्न मोडल छन्, एउटा मोडल भनेको संघर्षबाट राज्य सत्ताकब्जा गर्ने हो । अर्को भनेको चुनावी मैदानमा गएर आफ्नो एजेण्डालाई संस्थागत गर्ने हो’ उनले थपे ‘आदिवासीहरुको थप अधिकार प्राप्तिका लागि यी सबैखाले संघर्ष आवश्यक छ ।’
मन्त्री मोदीले देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेको समेत बताए । पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरु एक भएर अगाडि बढ्दा मात्रै लक्ष्यमा पुग्न सम्भव हुने उनको भनाई थियो ।
मन्त्री मोदीले आदिवासी जनजातिको अधिकारको पक्षमा लडेको पार्टी माओवादीलाई मत नदिएकोप्रति लक्षित गर्दै भने, ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइदैन । भोट दिनेबेला आदिवासी जनजातिको एजेण्डा उठाउनेलाई दिनुपर्ने थियो, दिनुभएन, अबअहिले अधिकार खोजेर पाइदैन पनि । ’
No ads found for this position



डिसी नेपाल
Facebook Comment