डोल्पामा ट्याक्टर दुर्घटनाः सात जना घाइते

डिसी नेपाल
२१ साउन २०८० ७:२१
164
Shares

डोल्पा। डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त। ३५७८ नंम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो।

घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

ट्याक्टर चालक सुरज बोहराले भित्तिमा अत्यधिकमात्रामा मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रारभ्मिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *