डुबानमा एमाले पार्टी कार्यालय (फोटोफिचर)

डिसी नेपाल
२३ साउन २०८० १३:१०

काठमाडौं। ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ।

मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्। पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उपमहासचिव रिमालले डुबानमा परेको जानकारी दिएका हुन्।

अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ।

सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको थियो । वर्षा रोकिएसँगै नदीमा पनि पानीको बहाव घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *