कांग्रेस संसदीय दल समितिको बैठक आह्वान

डिसी नेपाल
२५ साउन २०८० १३:०१
108
Shares

काठमाडौं। प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समिमितको बैठक बोलाइएको छ। पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन्।

देउवा निवासमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ।

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *