सभामुखको सचिवालयले भन्यो– सांसद सुनील शर्मा पक्राउको जानकारी छैन

डिसी नेपाल
२५ साउन २०८० १८:०४
380
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउबारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको जनाए पनि सभामुख घिमिरेको सचिवालयले भने आफूलाई त्यसबारे कुनै जानकारी नआएको जनाएको हो।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले अहिलेसम्म सभामुखसमक्ष जानकारी नआएको बताएका हुन्। नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९  को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेकोछ ।  सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *