निर्वाचनमा दुई तिहाई आए संविधान संशोधन गरेर पहिचान सहितको संघीयता लागू गछौँः मन्त्री मोदी

डिसी नेपाल
२७ साउन २०८० १७:१०
56
Shares

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाई नजिक आए संविधान संशोधन गरेर पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज)को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाए पनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको भन्दै दुई तिहाई नजिकको मत आए पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताएका हुन् ।

पहिचानसहितको अधिकारको माग गर्नेहरुले नै निर्वाचनका बेला अन्य पार्टीलाई मत दिदाँ समस्या भएको उनको भनाइ छ । मन्त्री मोदीले प्रदेशको नामाकरणको अधिकार सम्बन्धीत प्रदेशसभालाई हुने भएपनि प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने आफ्नो धारणा रहेको जिकिर गरे ।

पहिचान सहितको संघीयता लागू गर्नका लागि माओवादीबाट भएका त्रुटीहरुको समिक्षा भइरहेको उनले बताए । त्यस्तै मन्त्री मोदीले वर्षौदेखि बन्न नसकेको संघीय निजामति ऐन आफु आएपछि स्विकृतिका लागि मन्त्रिपरिषद्मा पुग्ने प्रक्रियामा रहेको जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *