सरकारले पाकिस्तानी राजनीति सुरु गर्‍यो : केपी ओली

डिसी नेपाल
२७ साउन २०८० १८:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको भन्दै पाकिस्तानी राजनीति र प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।

उहाले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिए । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारबिरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनले बताए । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको तर्क गरे ।

सांसद शर्मालाई अहिलकोे अवस्थामा पक्राउ गर्नु सामान्य बिषय नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन नमानेर सरकारले आफु छानविन गर्छु भन्नु रहस्यमय रहेको बताए । उनले एमालेले सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तपक्षहरुले होहल्ला गरेर बोल्न नदिएको जिकिर गरे ।

त्यस्तै उनले कांग्रेस के र कसका लागिपछि लागेको हो भन्ने बुझ्न नसकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मबल नै गुमाईसकेको बताए । उनले चार वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने रहर कांग्रेसमा देखिएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *