सरकार परिवर्तनका विषयमा छलफल भएको छैन : रमेश लेखक

डिसी नेपाल
२८ साउन २०८० १९:०८
60
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नगरेको प्रमुख सचेतक रमेश लेखकले बताए । पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको उनको भनाइ छ।

आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिए। कांग्रेस संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राखेको सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिने उनको भनाइ छ।

गत शुक्रबार र आज बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा सांसदहरूले विभिन्न भावनाहरू, विचारहरू व्यक्त गरेको र त्यसलाई समेटेर भोलि नै महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *