कानुन मन्त्री गुरुङ अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
२८ साउन २०८० २१:१२

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ  स्वास्थ्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनी २५ साउनमा गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए। अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालले डिस्चार्ज गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *