२० महिनापछि ओली-रावल मन माझामाझ

डिसी नेपाल
३१ साउन २०८० ६:५०

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता डा. भीम रावलबिच भेटवार्ता भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा ओली र रावलबिच डेढ घण्टाभन्दा बढी समय ‘वान टु वान’ छलफल भएको हो ।

भेटवार्तामा दुई नेताबिच विभिन्न विषयमा छलफल हुनुका साथै मन माझामाझ भएको बताइएको छ । चितवनको सौराहामा भएको एमालेको १०औं महाधिवेशनपश्चात् ओली र रावलबिच यो पहिलो भेटवार्ता हो । करिब २० महिनापछि भएको भेटवार्तामा मन माझामाझ भएको बताइन्छ ।

चितवन महाधिवेशनपश्चात पार्टी राजनीतिमा निष्क्रिय रहेका रावललाई पार्टीमा विशेष जिम्मेवारी दिनुपर्ने आवाज उठ्दैआएको छ । ओली र रावलबिच मुलुकको पछिल्लो राजनीति, पार्टीको आन्तरिक राजनीतिका साथै रावललाई पार्टीमा जिम्मेवारी दिने लगायतका विषयमा छलफल भएको छ ।

पार्टी राजनीतिमा निष्क्रिय रहेका रावल पछिल्लो एक महिनायता गृहजिल्ला अछामको पार्टी कार्यक्रममा सहभागी भएका थिए । ओलीसँग भेटवार्ता गरेका रावलले छलफल सकारात्मक भएको बताए । पार्टी, मुलुकको राजनीतिक अवस्थाका ’boutमा सकारात्मक छलफल भएको बताउँदै उनले फेरि पनि भेटवार्ता हुने बताए ।

‘धेरै लामो समयपश्चात हाम्रो भेटवार्ता भयो, हामीबिच भलाकुसारी भयो, एकले अर्काको के छ ? कस्तो छ भन्ने कुराकानी भयो, मुलुक र पार्टीको पछिल्लो राजनीतिक अवस्थाका ’boutमा पनि छलफल भयो, एकअर्काको सोच र दृष्टिकोण राख्यौं,’ नेता डा. रावलले भने, ‘छलफल सकारात्मक भयो, हामी फेरि पनि कुराकानी गर्छौं, धेरै पछि कुराकानी भयो, सकारात्मक नै भयो ।’

रावल समसामयिक राजनीतिक एवं राष्ट्रिय विषयवस्तुका ’मा टिप्पणी गर्दै चर्चामा आउनेगरेका छन् । उनले विभिन्न विषयमा गर्ने गरेको टिप्पणी चर्चामा आउने गरेको भए पनि एमालेको कुनै जिम्मेवारीमा नरहेका रावललाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन ठोस जिम्मेवारी दिने ’boutमा समेत छलफल हँुदैआएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले अध्यक्ष ओली र पूर्वउपाध्यक्ष रावलका बिचमा मुलुक र पार्टीको पछिल्लो राजनीतिक अवस्थाका ’मा छलफल भएको बताए । साथै, एमाले पार्टी निर्माणमा सक्रिय हुने र ठोस जिम्मेवारीका ’boutमा समेत छलफल भएको गौतमले बताए । अहिलेको अवस्थामा पार्टीको काममा सक्रिय रूपमा लाग्ने विषयमा छलफल भएको बताउँदै गौतमले अन्य विषयमा समेत छलफल भएको बताए ।

एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष ओलीसँग रावल पराजित भए । एमालेको पूर्वउपाध्यक्षसमेत रहेका रावल ओलीको इच्छाविपरीत उम्मेदवारी दिएको भन्दै ओलीसहित उनीनिकटका नेताहरू रावलबाट असन्तुष्ट थिए । महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेका कारण उनले पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउन नसकेका हुन् ।

समयसमयमा डा. रावलले एमाले छोड्ने चर्चा पनि चल्नेगरेको छ । तर, उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पु¥याएको भन्दै एमालेमै एउटा सदस्यका रूपमा रहने बताउँदै आएका छन् । पार्टी राजनीतिमा ठोस जिम्मेवारी दिनका लागि रावलसँग एक चरणको वार्ता थियो । एमालेको १८ चैतमा भएको सचिवालय बैठकले रावलसँग वार्ता गर्नका लागि एक समिति गठन ग¥यो । पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठन भएको सो वार्ता समितिमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटीका सदस्य कर्णबहादुर थापा सदस्य तोकिएका थिए । वार्ता समितिमा रहेका तीनै जना नेताहरूसँग रावलको आन्तरिक सम्बन्ध त्यति राम्रो भने छैन ।

उपाध्यक्ष पौडेल नेतृत्वको वार्ता समितिसँग पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक चरणको वार्ता भयो । गत ३ वैशाखमा भएको सो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक भयो । तर, दोस्रो चरणको वार्ता वा पार्टीमा जिम्मेवारी दिने कुराको टुंगो लाग्न नसकेको अवस्था ओली र रावलबिच भेटवार्ता हुनुलाई कतिपयले पार्टीमा जिम्मेवारी दिने विषयमा समेत छलफल भएको अनुमान गरेका छन् ।

एमालेले केही समयअघि चलाएको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा उपाध्यक्ष पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । अछाममा उनले रावलको आलोचना गरेपछि कार्यक्रममै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए । सुदूरपश्चिममा एमालेभित्र अझै बलियो मानिएका रावलको गृहजिल्लामै पुगेर पार्टी उपाध्यक्ष पौडेलले आलोचना गरेपछि पार्टीकै कार्यकर्ताले प्रतिवाद गर्दा त्यसपछि वार्ता समिति गठन गर्न एमाले बाध्य भयो । अछामको सो घटनापश्चात पौडेल र रावलका बिचमा केही दिन जुहारी नै चलेको थियो ।

सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरुट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदूरपश्चिमकै भट्ट र थापा रहेको वार्ता समिति बनाइएको थियो । समिति गठन भएको दुई सातापश्चात सो समितिले रावलसँग वार्ता गरेको थियो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *