लेखा समितिकाे बैठक एमालेद्वारा बहिष्कार
काठमाडाैं। नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ। समितिको सभापति चयनको प्रक्रिया अघि नवढेको भन्दै एमालेका सांसदहरुले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन्।
यसअघिको बैठकमा एमालेका सांसदहरुले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए। एमालेका सांसदहरुले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ।
बैठक स्थगीत भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले बिभिन्न कारण देखाई समितिहरुलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्यमान्यता बिपरित भएको बताए।
उनले यस बिषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे। केसीले तीन दलसंग मात्रै नभई संसदमा भएका दलहरुसंग सभामुखले छलफल गर्नुपर्ने बताए।
त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफूहरुसँग छलफल नगरेको गुनासो गरे।
यता एमाले सांसद अच्युत प्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनका लािग सभापति चयन गर्नुपर्ने बताए।
उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहेपनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे।
मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत अडान यथावत नै रहेको बताए।







डिसी नेपाल







Facebook Comment