संसद अबरोध खुलाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं। झन्डै एक महिनादेखि अबरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्।
सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले छलफल गर्दैछन्।
आज बिहान ९ बजे वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बीचमा छलफल भइरहेकाे छ। सदन अवरोध भए पछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएकाे छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment