काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
३ भदौ २०८० ११:०९
688
Shares

काठमाडौं। काठमाडौंको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौंदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२-०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन्।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन्। टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुंगेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *