तीन तहका सरकार एक अर्काेकाे परिपूरक : प्रधानमन्त्री दाहाल

डिसी नेपाल
४ भदौ २०८० १२:०६
44
Shares

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्काेकाे परिपूरक भएकाे बताएका छन्। विश्वका उत्कृष्ट संविधान जस्तै नेपालकाे संविधान पनि उत्कृष्ट रहेकाे उनले बताए। प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन्।

कर्णालीकाे समस्य नजिकबाट नियालेकाे कुरा बताउँदै प्रधानमन्त्री दाहालले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएकाे समेत बताए। कर्णाली एक सभ्याता भएकाे उनले बताए। कर्णाली सधैँ आफ्नाे प्राथमिकतामा रहेकाे उनकाे भनाइ छ।

कर्णालीकाे सबै खालका सडक निर्माण गर्न पहल जारी राखेकाे बताएका उनले चीन भ्रमणकाे समयमा केही सडककाे बारेमा कुरा हुने बताए। कर्णाली प्रदेश स्थापना दिवसकाे अवसरमा आयाेजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुकाे सहभागिता रहेकाे छ।

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडाेर र भेरी करिडाेरमा दुई लेनकाे सडक निर्माण गरे कर्णाली समृद्धिकाे एक ढाेका खुल्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *