प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ जारी
काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो।
यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो। उनीविरूद्ध तीनवटा उजुरी परेको थियो। संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए।
संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।
श्रेष्ठले सुनुवा समितिमा आफ्नो विशेष कार्ययोजनापनि प्रस्तुत गरेका छन्। उनले फैसला कार्यान्वयन अभियान चलाउनेसहितका विशेष योजना प्रस्तुत गरेका छन्।
उनले पारिवारिक विवाद हेर्नेछुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका हुन्।
अदालतमा मुद्दाको बोझ बढेकोा जानकारी दिँदै उनले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना सुनाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment