प्रदीप गिरी कहिल्यै नथाक्ने समाजवादी चिन्तक : सभापति देउवा
काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिएका छन्।
सोमबार पार्टी कार्यालय सानेपामा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरणसभामा देउवाले स्वर्गीय प्रदीप गिरिका कृतिहरुलाई पार्टीले प्रकाशित गरेर उनको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिएका हुन्।
स्वर्गीय गिरिका लेख र कुरा हेर्दा गणतन्त्रका लागि धेरै अघिदेखि नै मत जाहेर गर्ने व्यक्तिका रुपमा आफुले बुझेको उनले बताए। उनले स्वर्गीय प्रदीप गिरी कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको पनि बताए।
त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसका पछिल्लो पुस्ताहरुलाई स्वर्गीय गिरीले हात समाएर साथ दिएको स्मरण गरे। गिरीका संग्रहलाई प्रकाशन गरेर कांग्रेसमा आएका नयाँ पिढीलाई ज्ञान प्रदान गर्नुपर्ने उनको भनाइ छ।
क्यान्सरबाट पीडित नेता गिरीको उपचारका क्रममा एकबर्ष अघि भाद्र ४ गते निधन भएको थियो। गिरीले एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment