ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

डिसी नेपाल
४ भदौ २०८० १८:३१
592
Shares

काठमाडौँ। बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति प्रदान भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकरणमा पक्राउ परेकाको गएको साउन ३१ गते पाँच दिनका लागि म्याद थप गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *