सिंहदरबारमा सर्वदलीय बैठक जारी

डिसी नेपाल
४ भदौ २०८० २१:०३
296
Shares

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको उपस्थिति रहेको छ ।

यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक विना निष्कर्ष सकिएको थियो । उक्त बैठकमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । सोमबारको बैठकमा भने अध्यक्ष ओली नै सहभागी भएका छन् ।

बैठकमा १९ साउनदेखि नेकपा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *