राष्ट्रपतिले बाेलाएकाे सर्बदलीय बैठक काे-काे गए? (फाेटाेफिचर)

डिसी नेपाल
५ भदौ २०८० १०:२६
268
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमालेले बहिस्कार गरेकाे छ।

समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेकाे हाे।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाइमा पार्टी रहेको छ। बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नगएकाे उनले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *