एमालेबाट बिद्रोह गर्नुको औचित्य पुष्टि हुँदैछ : माधव नेपाल

डिसी नेपाल
५ भदौ २०८० १४:१७
104
Shares

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको छैठौ बैठक मंगलबारबाट सुरु भएको छ। ललितपुरमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी खडा गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए। उनले बिगतको सन्दर्भमा जानु आवश्यक नरहेपनि विद्रोहबाट पार्टी निर्माणको औचित्यका बारेमा प्रष्ट हुनुपर्ने बताए।

अध्यक्ष नेपालले पार्टी बैठकहरुको बारेमा बिधानले व्यवस्था गरेको भन्दै आवश्यकता अनुसार केन्द्रीय तहको बैठक बस्ने सक्ने उल्लेख गरे।

अध्यक्ष नेपालले केन्द्रीय सरकार, प्रदेश सरकार र सभामा पार्टीका सांसदहरुको भूमिकाको पनि समिक्षा हुन आवश्यक रहेको जनाए। उनले मुलुकको राजनीतिक अवस्था र पार्टी संगठनका बारेमा समेत प्रतिवेदनमा उल्लेख गरिएको जिकिर गरे। राष्ट्र र जनताका सरोकारका बिषयहरुमा विचार मिल्नेहरुसँग हातेमालो गर्दै अघि बढ्न चाहेको उनले बताए।

अध्यक्ष नेपालले अहिलेको अवस्थामा सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेकाले सोहिबमोजिम अघि बढ्न आह्वान गरे। त्यस्तै अहिले पनि बहुदलीय जनवादको औचित्यका बारेमा प्रकाश पारे।

बैठकमा राजनीतिक परिस्थिति, संगठनको पुनः गठन, आगामी महाधिवेशन लगाएतका बिषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ। बैठक भाद्र सात गतेसम्म चल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *