कांग्रेसले टुंग्यायो चार समितिका सभापति उम्मेदवार

डिसी नेपाल
१० भदौ २०८० ९:५७
124
Shares

काठमाडौं। संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुँदैछ। सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ।

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो।

प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *