अभिनेता सानु ताम्राकार पशुपति आर्यघाटमा अन्तिम संस्कार (तस्वीरसहित)

अनिल पोख्रेल
१० भदौ २०८० १२:०१

काठमाडौं। शनिबार निधन भएका अभिनेता सानु ताम्राकार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे छ।

आइतबार उनकाे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे हाे। उनकाे उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएकाे थियाे। ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए। उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ। केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *