उद्योग समितिको सभापतिमा रास्वपाको उम्मेदवार गणेश पराजुली

डिसी नेपाल
१० भदौ २०८० १२:०२

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिने भएको हो ।

सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *