शिक्षा समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीको उम्मेदवारी

डिसी नेपाल
१० भदौ २०८० १४:५०

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले जोशीलाई शिक्षा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *