मिलन नेवारको ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक (भिडियो)
काठमाडौं। हरितालिका तीज लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ।
‘पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो’ जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र संगीत राजनराज सिवाकोटीको हो।
गीतको भिडियोमा गायिका मिलन नेवार आफैंले अभिनय गरेकी छन्। उत्सव दाहालले कैद गरेको भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राई राईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment