राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौैं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment