होटल व्यवसायी संघ महोत्तरीकाे नेतृत्वमा गुन्ज कार्की
महोत्तरी। होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ। गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो।
बिधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ। जसअनुसार निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मिन वहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो।
यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, सहसचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा बिमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन्। सदस्यहरुमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित माहासचिव नारायण घिमिरेले जानकारी दिए।
निर्वाचित हुने सदस्यहरुमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, बिस्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन्।
यसअघि कार्यकाल सुदिप कार्की (रेवन्त)ले नेतृत्व गरेका थिए। उन्लाई साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment