त्रिभुवन विमानस्थल हुँदै लागुऔषध गाजाचरेस हङकङ पुगेको खुलासा

डिसी नेपाल
१९ भदौ २०८० ९:४३
1.1k
Shares

काठमाडौं। नेपालको विमानस्थल भएर हङकङमा लागुऔषध गाजा र चरेश गएको छ। नेपालमा उत्पादित लागुऔषध गाजाचरेस हङकङ पुगेको स्रोतले जनाएको छ।

हङकङ विमानस्थलामा नेपालबाट गएको सामान बरामद भएपछि मात्रै नेपाल प्रहरीले त्यसबारेमा जानकारी पाएको छ। सो विषयमा छानविन गर्न लागुऔषध नियन्त्रण ब्युरोले डिएसपीको संयोजकत्वमा छानवीन समिति बनाएको छ।

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार साउन २६ गते नेपाल एयरलाइन्सको विमानमार्फत गाजा र चरेस हङकङ पुगेको हो। विराट ग्लोबल प्राइभेट लिमिटेडले पठाएको सामानमा गाजा र चरेश भेटिएको हो।

हङकङ प्रहरीले सो गाजाचरेस बरामद गरेपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो। साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाली अधिकारीलाई जानकारी गराएको भएपनि यसलाई गुपचुप राखिएको थियो।

ब्युरोले डीएसपी अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति छ। ‘छानविन चलिरहेको छ उता कति परिणाम गएको हो भन्ने जानकारी आएको छ त्यसबारेमा के कसरी कमजोरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान चलिरहेको छ’, प्रहरी स्रोतले भन्यो।

प्रहरीका अनुसार यसअघि गाजा चरेश नेपालको विमानस्थल हुँदै बाहिरिएको जानकारी थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *