भारतको सूर्य मिशन आदित्य एल-१ ले दोस्रो पटक आफ्नो कक्ष परिवर्तन गर्‍यो

डिसी नेपाल
१९ भदौ २०८० १३:२१
296
Shares

काठमाडौं । भारतको सूर्य मिशन आदित्य एल-१ ले दोस्रो पटक आफ्नो कक्ष परिवर्तन गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन अर्थात इसरोले मंगलबार बिहान आफ्नो ट्विटर ह्यान्डलबाट गरेको ट्वीटमा यो जानकारी दिएको हो।

इसरोका अनुसार, “दोस्रो अर्थ बाउन्ड म्यान्युभर (अर्थात दोस्रो कक्षा परिवर्तन) इस्ट्राक बेंगलुरुबाट सफलतापूर्वक पूरा भएको छ। अब यसको नयाँ कक्षा २८२ किमी x ४०२२५ किमी छ।

आदित्य एल–१ को कक्षमा यो परिवर्तन मंगलबार बिहान ३ बजे भएको हो । इसरोका अनुसार कक्षा परिवर्तन प्रक्रियाको ट्र्याकिङ मरिसस, बेंगलुरु र पोर्ट ब्लेयरमा रहेको इसरोको ग्राउन्ड स्टेशनबाट गरिएको थियो।

इसरोका अनुसार आदित्य एल-१ को कक्षामा अर्को परिवर्तन सेप्टेम्बर १०, २०२३ बिहान २.३० बजे हुनेछ।

इसरोले शनिबार दिउँसो ११:५० मा आन्ध्र प्रदेशको श्री हरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट यो मिसन प्रक्षेपण गरेको हो।

यो सूर्यको लागि भारतको पहिलो मिशन हो। धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन्।

वास्तवमा यो अन्तरिक्ष यान सूर्यको नजिक जाने छैन। सूर्यबाट पृथ्वीको दूरी १५१ मिलियन किलोमिटर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *