स्विडेनमा फेरि कुरान जलाएपछि हिंसा भड्कियो

डिसी नेपाल
१९ भदौ २०८० १७:११
204
Shares

काठमाडौं । स्वीडेनमा कुरान जलाएपछि भड्किएको हिंसामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । आइतबार इराकी नागरिक सलवान मोमिकाले कुरानको प्रति जलाए। यसपछि देशमा हिंसा भड्कियो ।

माल्मो सहरमा सार्वजनिक व्यवस्थामा गडबडी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुरान जलाएपछि जनतामा आक्रोश छ र केही सवारीसाधनमा आगजनी समेत भएको थियो ।

कतिपय ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको र आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मोमिका सलवानले आइतबार दिउँसो कुरानको प्रति जलाएका थिए । यसअघि पनि उनले धेरै पटक कुरानको प्रतिलिपि च्यात्ने जस्ता काम गर्दै आएका छन् । कुरान इस्लाममा पवित्र पुस्तक मानिन्छ।

मोमिकाले कुरान च्यातेपछि मध्यपूर्वलगायत इस्लामिक देशबाट चर्को प्रतिक्रिया आएको थियो । मुस्लिम देशहरूले स्वीडेनलाई यस्ता घटनाहरू नियन्त्रण गर्न आग्रह गरेका थिए।

कुरान जलाउने घटनालाई नियन्त्रण गर्न डेनमार्कले भर्खरै यस्तो प्रदर्शनमा प्रतिबन्ध लगाउने कानुन ल्याउने विचार गरिरहेको बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *