मायावी बनाउँदै दिवाकर
काठमाडौं। चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन्। पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन्।
निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन्। फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ। निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए।
फिल्ममा दुई नायिकामध्ये यसअघि नै नायिका दीपिका प्रसाई फाइनल भइसकेकी छन्। फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो।
फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए।
क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment