संसदका तीनवटा समितिको बैठक बस्दै
काठमाडौं। संसदका तीनवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।
बिधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो ब्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नंं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरिनेछ । दिगो विकासको अपरान्ह १ः०० बजेवाट सुरू हुदाँ बिधायन समितिको १ बजेबाट सुरू हुनेछ।
उता, शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद सचिवालयले जनाएको छ। बैठक बिहान १०ः३० बजेबाट सुरू हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment