काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं। काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ।
काठमाडौं-१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो। उनको उपचारको क्रममा बिहीबार निधन भएको थियो।
तर, यसरी दिइएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन्।
उच्च ज्वरो र निमोनियाँ देखिएपछि रिजाललाई अस्पताल लगिएको थियो। ५ दिनको उपचार अवधि मध्य २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर हिजो बिहान उनको निधन भएको हो।
नेपाली कांग्रेसको काठमाडौं-७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियाे।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment