सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

डिसी नेपाल
२२ भदौ २०८० ११:२१
60
Shares

काठमाडौं। सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप-आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन्। अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए।

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए।

नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन्। खल्ती एप मार्फत भोट गर्न सकिने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *